काठमाण्डु – बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छन् ।
राष्ट्रपति भण्डारीसँगको भेटमा सपनाले नेपालमा महिला, बालबालिका तथा सडक बालबालिकाको अवस्था निकै नाजुक रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेकी छिन् ।
उनले महिला राष्ट्रपति भएको देशमा यतिधेरै महिला र बालबालिकाले दुःख पाइरहेका भन्दै यसको समाधानका लागि आग्रह गरेकी हुन् ।
रोका मगर नेपालका बेवारिसे सवहरुको व्यवस्थापन गर्दै आएकी छिन् र सोही उल्लेखनीय कार्य बापत उनलाई बीबीसले सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा राखेको हो ।
सपनाले गरेको कार्यको उचित मूल्यांकन गरेर राष्ट्रपतिले उनलाई भेट्न बोलाएकि थिइन् ।




प्रतिक्रिया