काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज नेपालगञ्ज जाने भएकी छन् । राष्ट्रपतिको सवारीको कारण राजधानीको यातायात व्यवस्था केही समय प्रभावित हुने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रपति भण्डारी सवारी हुने बाटोको बैकल्लिक मार्ग प्रयोग गर्न सवारी चालकलाई अनुरोध गरेको छ ।
राष्ट्रपति भण्डारी भोलि हुने वातावरण दिवसको अवसरमा नेपालगञ्जमा हुने कार्यक्रममा सहभागि हुन आज दिउँसो नेपालगन्ज जाने कार्यक्रम रहेको छ ।
प्रहरीका अनुसार मंगलबार साढे १२ देखि केही समय शीतल निवासबाट लक्ष्मी निवास, शिवपुरी उच्च माध्यमिक विद्यालय, बालुवाटार, भाटभटेनी, छाता गणेश, नक्साल भगवती, लोत्से चोक, ज्ञानेश्वर, रातो पुल, गौशाला चोक, तिलगंगा, एयरपोर्ट गेट हुँदै चल्ने सवारी साधनहरू एकतर्फी बन्द हुने भएको छ ।




प्रतिक्रिया