काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।
राष्ट्रपति भण्डारीले २०७८ बैशाख १७ मा पहिलो चरण र २७ मा दोस्रो चरणको प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेकी छन् ।





प्रतिक्रिया