काठमाण्डु – राष्ट्रिय सभाबाट आईतबार ४ विधेयक पारित भएका छन् ।
आईतबार बसेको बैठकले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । विधेयक राष्ट्रिय सभामा उत्पति भई अब प्रतिनिधि सभामा जानेछ ।
भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएका छन् । यी ३ वटै विधेयक राष्ट्रिय सभामा उत्पति भएका थिए । तर राष्ट्रिय सभाले पारित गरेका यी विधेयक प्रतिनिधि सभामा पठाए पनि प्रतिनिधि सभाले पनि पारित गरेर फिर्ता गरेपछि राष्ट्रिय सभाले आईतबार सबैलाई एकैदिन पुनः पारित गरेको छ ।
एउटा सदनमा उत्पति भएको विधेयक अर्को सभाबाट पारित भएर पुनः फर्किने गरेको छ । अर्को सभामा भएको संशोधन सम्बन्धित सभाले स्वीकार गरेपछि सदनको प्रमुखले प्रमाणित गर्ने गरिएको छ ।
पुनः पारित भएका विधेयक सदन प्रमुखले प्रमाणित गरेपछि राष्ट्रपतिकहाँ पुग्छन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा लागू हुने प्रावधान छ ।




प्रतिक्रिया