राष्ट्रियसभा बैठक १ हप्तापछि बस्ने गरी स्थगित


काठमाण्डु – राष्ट्रियसभा बैठक १ हप्तापछि बस्ने गरी स्थगित भएको छ ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार अर्को बैठक चैत १५ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रिबजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

राष्ट्रिय सभाले अनुमगन तथा मूल्यांकन सम्बन्धी विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको छ ।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी ७ जना सांसदको नाम मनोनयन गरिएको छ । मनोनयन हुने सदस्यहरूमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की (अछामी), तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement