राष्ट्रिय सभामा कांग्रेसको अवरोधपछि बैठक स्थगित

राष्ट्रिय सभामा कांग्रेसको अवरोधपछि बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको शुक्रबारको बैठक पर्सि आईतबार बस्ने गरी स्थगित भएको छ ।

बैठकमा कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको प्रक्रिया अघि बढाउन नसकिएको भन्दै अर्को बैठक पर्सि जेठ ६ गते आईतबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका छन् ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।