राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी दाहाल निर्वाचित

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी दाहाल निर्वाचित


काठमाण्डु-राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन् ।

निर्णायक बनेको जनता समाजवादी पार्टी नेपालको मत पाएकी दाहाल सभापतिमा निर्वाचित भएकी हुन् ।

आज भएको निर्वाचनमा एमालेकी दाहाल र नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई उम्मेदवार थिए । कुल १५ मतमध्ये दाहालले ८ र राईले ७ मत प्राप्त गरेका हुन् ।