काठमाण्डु– आज पनि संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक अहिले अपराह्न १ः१५ बजे बस्दैछ ।
आजको बैठकमा २ वटा कार्यसूची रहेका छन् । कार्यसूचीमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गराउने छन् ।
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।




प्रतिक्रिया