राष्ट्रिय सभाको बैठक १० मिनेटका लागि स्थगित

राष्ट्रिय सभाको बैठक १० मिनेटका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

शुक्रबार बिहान ११ बजे सुरु भएको बैठकमा एमाले सांसदहरुले विरोध गरेपछि अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।

एमालेका सांसद खिमलाल भट्टराईले आफूहरुले उठाएका विषय र मुद्दा यथावत रहेकोले बिरोध जारी रहने बताएका थिए ।

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले आसन ग्रहण गरे सभालाई सुचारु गर्न भन्दै बस्न आग्रह गरेका थिए । उनले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाएका थिए ।