राष्ट्रियसभा निर्वाचन : मैदानमा ४४ उम्मेदवार, आज उजुरी दिन सकिने

राष्ट्रियसभा निर्वाचन : मैदानमा ४४ उम्मेदवार, आज उजुरी दिन सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावमा उम्मेदवारी दिएकाहरुको विरोधमा बिहीबार उजुरी दिन सकिनेछ ।

उम्मेदवारहरूको दाबी विरोधमा उजुरी दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ ।

बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको छ ।

राष्ट्रियसभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् ।

कोशी प्रदेशमा नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।
राष्ट्रियसभामा नेपाली कांग्रेस, एमाले र लोसपा बीच गठबन्धन बनेको छ । जसअनुसार कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दर्ता गराएका छन् ।

भागबण्डा नमिलेपछि नेकपाले छुट्टै उम्मेदवारी दर्ता गराएको छ । प्रदेशसभाका सदस्य तथा पालिकाका मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभाका मतदाता हुन्छन् । प्रदेश सांसदको मतभार ५३ र पालिका प्रतिनिधिको मतभार १९ कायम छ ।