काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दलहरूले दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन हुँदैछ।
निर्वाचन आयोगले पुस २३ गते मनोनयन पत्र दर्ता गराएका उम्मेदवारको अन्तिम नामावाली सार्वजनिक गर्न लागेको हो ।
उम्मेदवारले चाहेमा आइतबार नाम फिर्ता लिन सक्ने र दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।
सोमबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ। रिक्त १८ पदका लागि विभिन्न कलस्टरबाट ४४ जनाको उम्मेदवारी दर्ता भएको छ।
राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपाले गठबन्धन गर्दा नेपाली कम्युनिष्ट पार्टी नेकपा एक्लै भिडेको छ। नेकपाले १७ उम्मेदवार उठाएको छ । गठबन्धन गरेका कांग्रेसले ९, नेकपा एमालेले ८ र जनता समाजवादी पार्टीले ३ जनालाई उम्मेदवार बनाएको छ।
यस्तै राष्ट्रिय जनमार्चाले ३, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल १ र नेपाल मजदुर किसान पार्टीले दुई जनाको उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ ।




प्रतिक्रिया