सूचना टाँसेर राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित


काठमाण्डु – भदौ २४ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

आइतबार बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म अनिश्चितकालका लागि स्थगित भएको हो ।

अर्को बैठकको मिति र समय राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए ।

अध्यक्षको सचिवालयका अनुसार राष्ट्रिय सभामा हाल जम्मा ३ वटा विधेयक मात्रै रहेका छन् । अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन पेश भएको छ । त्यसमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्ययनका लागि समय मागेका छन् ।

विद्युतीय कारोबार सम्बन्धी विधेयक र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन् । राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा गएका ८ वटा विधेयक फिर्ता नआएका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement