काठमाण्डु– राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । एक घण्टा ढिलो गरी सुरु भएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।
आगामी आर्थिक वर्षका लागि शुक्रबार दुवै सदनको संयुक्त बैठकमा बजेट पेस भएपछि आज संसद्को बैठक बसेको थियो ।
शून्य समयमा केही सांसदहरूले आफ्ना धारणा राखेपछि सभाध्यक्ष नारायाण दाहालले विशेष समय नराखिएको जानकारी दिदैं २० मिनेटपछि बस्ने गरी बैठक स्थगित गरे ।
आजको बैठकमा प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
त्यसपछि आज नै यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
यसैगरी, प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३’ पनि आजै पारित गर्ने कार्यसूची छ ।
तर, बैठक कार्यसूचीमा प्रवेश नै गरी स्थगित भएको हो ।




प्रतिक्रिया