राष्ट्रियसभा उपनिर्वाचन : स्थानीय तहमा खिमलालले जिते

राष्ट्रियसभा उपनिर्वाचन : स्थानीय तहमा खिमलालले जिते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको स्थानीय तहतर्फको मत गणना सकिएको छ ।

जसअनुसार डा. खिमलाल देवकोटा अगाडि रहेका छन् भने रामबहादुर थापा बादल पछि परेका छन् ।

स्थानीय तहका २ सय ३३ जनाले मतदान गरेका मध्ये खिमलालले १ सय २८, रामबहादुर थापा बादलले १ सय ३ र कृष्णबहादुर तामाङले २ मत प्राप्त गरेका छन् । स्थानीय तहका प्रतिनिधिको एक मत बराबर १८ मतभार रहेको छ ।

जसअनुसार खिमलाले २३०४ र बादलले १८५४ मत प्राप्त गरेका छन् ।  अब प्रदेशसभा सदस्य तर्फको मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।