प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल

प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल भएको छ । आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले ‘आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभामा जानकारी गराई टेबुल गर्नुभयो ।

सचिव अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराउनुभयो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो ।