काठमाण्डु – राष्ट्रियसभाको बैठक आउँदो सोमबार बस्ने गरि स्थगित भएको छ ।
आज बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।
आजको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले यी दुई विधेयक टेबुल गरेका थिए । छलफलमा कसैले पनि भाग लिन नचाहेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक निर्णयार्थ पेश गरेका थिए ।
बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु उठेर विरोध जनाएका थिए ।




प्रतिक्रिया