सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता


काठमाण्डु– राष्ट्रियसभाले ‘सामाजिक सञ्जाल विधेयक २०८१’ फिर्ता गरेको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकले सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उक्त विधेयक फिर्ता गर्ने निर्णयलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरिएको छ ।

गत वर्ष माघ २७ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा उक्त विधेयक पेस गरेको थियो ।

यस्तै आजको बैठकले पर्यटन विधेयक २०८१ लाई पारित गरेको छ ।

बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक माघ २८ गते बुधबार बोलाइएको छ ।