काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले छाउपडीमा बसेकी अछामकी बालिकामाथि भएको घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको आईतबारको बैठकमा सदस्यहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै घटनाबारे सभालाई जानकारी दिन गृहमन्त्रीलाई निर्देशन दिए ।
‘आजको राष्ट्रियसभा बैठकमा गम्भीरताका साथ उठेको अछामको बालिकामाथि भएको घटनाबारे जानकारी र माननीय सदस्यहरूले उठाउनुभएको सवालका विषयमा जवाफ दिन म माननीय गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँछु,’ रुलिङ गर्दै उनले भने ।
अध्यक्ष दाहालले गत असार ४ गतेको बैठकमा राष्ट्रियसभा सदस्यहरूले शून्य समय, विशेष समय लगायत विभिन्न समयमा उठाएका विषयहरूमा जवाफ दिन सरकारका नाममा निर्देशन दिएका थिए ।
आईतबारको बैठकमा अघिल्लो बैठकमा दिइएको ध्यानाकर्षणको स्मरण गराउँदै अध्यक्ष दाहालले सबै मन्त्रीहरूलाई जवाफ दिने कार्यतालिका नै बनाएर पठाइएको पनि जानकारी दिए ।




प्रतिक्रिया