राष्ट्रिय सभाका तीन मनोनित सदस्यलाई सपथको बाटो खुला (सर्वोच्चको आदेश सहित)


प्रधानमन्त्री ओली नेतृत्वको सरकारले सिफारिस गरेका राष्ट्रिय सभाका तीनजना सदस्यलाई सपथ गर्न दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले डा युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभामा मनोनित गरेकि थिइन्।

तर शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभाका लागि सिफारिस गरेका (चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेल) ले आफूहरूको नाम स्वीकृत नभएको भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए ।

उनीहरुले अाेली सरकारको तर्फबाट सिफारिस सदस्यहरुलाई खारेज गरेर आफुहरुले सपथ खान पाउनुपर्ने माग गर्दै दिएको मुद्दामा केदार प्रसाद चालिसे र शारदा प्रशाद  घिमिरेको संयुत्त इजलासले आज फैसला गरेको हो ।

यसअघि सर्वोच्चको अन्तरिम आदेशले ओली नेतृत्वको सरकारले सिफारिस गरेका राष्ट्रिय सभाका तीनजना सदस्यको सपथ रोकिएको थियो ।

सर्वोच्चको आजको आदेशले ओली नेतृत्वको सरकारले सिफारिस गरेका राष्ट्रिय सभाका तीनजना सदस्यको सपथ लिने बाटो खुलेको छ ।
 .

प्रतिक्रिया दिनुहोस
Advertisement