राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले लिए राष्ट्रपतिबाट सपथ

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले लिए राष्ट्रपतिबाट सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा बिहिबार  तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

बुधबारको बैठकले तिमिल्सिनालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको थियो।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा लगायतको उपस्थिति थियो।

पर्वतको मोदी गाउँपालिका निवासी पौडेल पर्वतका पूर्व जिविस सभापति समेत हुन्।