काठमाण्डु – रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माधवप्रसाद अर्याल र उपाध्यक्षमा चमेली गुरुङ निर्वाचित भएका हुन् ।
अर्यालले ३ हजार १३४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र लम्सालले २ हजार ५६० मत पाए । यसैगरी उपाध्यक्षमा गुरुङले ३ हजार १३४ मत ल्याउँदै विजयी भइन् ।
उनकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुनितामाया गुरुङले २ हजार ४५२ मत ल्याइन् । यो गाउँपालिकाको अध्यक्षमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको थियो । उपाध्यक्षमा भने एमालेकी चमेली गुरुङ नै निर्वाचित भएकी थिइन् ।




प्रतिक्रिया