काठमाण्डु – हिमताल विस्फोट भएर रसुवामा मंगलबार आएको बाढीपछिको व्यवस्थापन तीव्र गतिमा भइरहेको छ । नेपाल प्रहरी, स्थानीय तथा अन्य सुरक्षा निकायहरू बाढीपछिको व्यवस्थापनमा लागेका हुन् ।
रसुवामा आएको बाढीमा ११ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म बाढीमा फसेका, अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी ८६२ जनाको उद्धार गरिएको छ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल नहुँदा नेपाल र चीनबीचको सम्पर्क विच्छेद भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बगेको पुलसम्म पुग्ने सडकहरू पनि बगाएका छन् ।
बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका मालवाहक ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।






सबै तस्बिर : नेपाल प्रहरी




प्रतिक्रिया