रसुवा बाढी : केरुङमा रोकिएका नेपालीलाई तातोपानी नाकाबाट नेपाल ल्याइने

रसुवा बाढी : केरुङमा रोकिएका नेपालीलाई तातोपानी नाकाबाट नेपाल ल्याइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चीनको केरुङमा रोकिएका नेपाली नागरिकलाई अब तातोपानी नाकाबाट स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको छ। असार २४ गतेको भीषण बाढीले रसुवाको मितेरी पुल भत्काएपछि उनीहरू चीनतर्फ अलपत्र परेका थिए।

रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीनबीचको मुख्य व्यापारिक मार्ग मितेरी पुललाई बगाएपछि केरुङ नाका पूर्णरूपमा बन्द भएको हो। त्यही दिन बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशी नदीमा मिसिँदा ठूलो विनाश भएको थियो।

रसुवा प्रशासनका अनुसार बाढीपछि ११ जनाको शव र मानवअंगहरू फेला परेका छन् भने अझै १८ जना सम्पर्कविहीन छन्। बाढीका कारण रसुवागढी–स्याफ्रुबेसी खण्डको करिब १६ किलोमिटर सडक पनि पूर्णरूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालय, रसुवाले केरुङमा अड्किएका नेपालीलाई तातोपानी नाकाबाट ल्याउन चीन सरकारसँग कूटनीतिक पहल अघि बढाइसकेको जनाएको छ।