रसुवालाई चीनले गर्‍यो खाद्य तथा स्वास्थ्य सामग्री सहयोग

रसुवालाई चीनले गर्‍यो खाद्य तथा स्वास्थ्य सामग्री सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन रसुवा जिल्लालाई चिनियाँ अधिकारीले खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको जिलुङ काउन्टीले सहयोगस्वरूप आइतबार प्रतिबोरा २५ केजीका दरले चामल र मैदा एक हजार एक सय– एक हजार एक बोरा र खानेतेल तीन हजार ७८० लिटर सहयोग प्रदान गरेको हो ।

यसैगरी स्वास्थ्य सामग्रीतर्फ पिपिई एक हजार एक सय थान, मास्क एक लाख ३० हजार थान, एन९५ मास्क एक हजार पाँच सय थान र इन्फ्रारेड थर्मामिटर ११० वटा प्राप्त भएको छ । उक्त सामग्री जिलुङ प्रशासकले रसुवागढीस्थित ल्हेन्देखोलामा रहेको मितेरी पुलबाट जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको प्रजिअ भण्डारीले बताए ।

कोरोना भाइरस नियन्त्रणका लागि यसअघि चीन सरकारका तर्फबाट रसुवालाई दुई पटक सहयोगस्वरूप स्वास्थ्य सामग्री प्रदान गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।