रसुवाको कालिका ३ मा कांग्रेसको प्यानलै विजयी

रसुवाको कालिका ३ मा कांग्रेसको प्यानलै विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा – रसुवाको कालिका गाउँपालिका ३ को वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका फडिन्द्र प्रसाद न्यौपानेले ४ सय ७२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुष्पराज न्यौपानेले ४ सय ७० मत ल्याए ।

कालिका गाउँपालिका ३ को वडा सदस्यमा कांग्रेसबाटै खिलबहादुर न्यौपाने, नारायणप्रसाद अधिकारी, महिला सदस्यमा लालमाया तामाङ र दलित महिला सदस्यमा आरती परियार विजयी भएका छन् ।v