नागढुंगाबाट दुई किलो सुनसहित रसुवाका मिन बहादुर पक्राउ

नागढुंगाबाट दुई किलो सुनसहित रसुवाका मिन बहादुर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नागढुंगा नाकाबाट दुई किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट रसुवा गोसाईकुण्ड गाउँपालिका–५ स्याप्रुबसी घर भएका १७ वर्षीय मिन बहादुर तामाङलाई दुई किलो सुनसहित पक्राउ गरेको हो। तामाङ शनिबार राति पक्राउ परेका हुन्।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ख ६५२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङले कालो टेपले बेरी रुमालले कम्मरमा बाँधी लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त सुन बरामद भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।