रसुवामा लम्कीस्किन रोगबाट १५९ पशु मरे, रोगले धान रोपाइँमा समस्या

रसुवामा लम्कीस्किन रोगबाट १५९ पशु मरे, रोगले धान रोपाइँमा समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा – रसुवामा लम्पीस्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन्। पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन्। हालसम्म जिल्लामा लम्पीस्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन्।

जिल्लाका पाँचवटै गाउँपालिकाका पशुचौपाया लम्पीस्किन रोग फैलिएको छ। सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ। उक्त गाउँपालिकाको स्याफ्रुबेँसीमा कार्यरत पशुसेवा प्राविधिक प्रमुख सुरेश वडालका अनुसार छ वडामा लम्पीस्किनबाट हालसम्म २१ चौरी, एउटा याक र ४१ स्थानीय जातका गाईगोरुको मृत्यु भएको छ।

‘रोग नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ,’ उनले भने। गोसाइँकुण्डभित्र करिब आठ सय पशु लम्पीस्किनबाट सङ्क्रमित छन्। लम्पीस्किनबाट सङ्क्रमित पशुचौपायालाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्ने आवश्यकता रहेको बडालको भनाइ छ। हिमाली क्षेत्रको खाली पाखामा पशुचौपाया छोड्ने चलनले रोग बढी फैलिएको उनी बताउँछन्।

जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पीस्किन रोगबाट पशुचौपायामा क्षति भएको छ। आमा छोदिङ्मोबाहेक अन्य गाउँपालिकामा झण्डै एक हजार पाँच सय पशुचौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन्।

कालिका गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख बुद्धिनाथ न्यौपानेले दक्षिणी रसुवाकाका पालिकका पशुचौपायामा लागेको लम्पीस्किन रोग नियन्त्रणका लागि प्राविधिक समूह खटिएको बताए। सङ्क्रमणका कारण अधिकांश गोरु बिरामी परेकाले किसानलाई धान रोपाइँ गर्न समस्या भएको छ।