दुई जना ‘नक्कली सीआईबी’ पक्राउ

दुई जना ‘नक्कली सीआईबी’ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– रसुवा प्रहरीले दुई जना नक्कली प्रहरी (आफूलाई सीआईबी बताउने) लाई पक्राउ गरेको छ।

 

 

सीआईबी भन्दै गाडी चेकिङ गर्ने नुवाकोटका पशुपति थपलिया र कुमार थपलियालाई पक्राउ गरेको छ।

 

 

युवा संघका महासचिव किरण पौडेलसहितको गाडीलाई रसुवाको कालिकास्थानमा सिआइबीबाट आएका प्रहरी हौं, यो गाडीमा सुन छ भन्दै खानतलासी गर्नेलाई पक्राउ गरिएको डीएसपी शरदकुमार थापा क्षेत्रीले जानकारी दिए।

 

गाडीको खानतलासी गर्न थालेपछि पौडेलले प्रहरीलाई खबर गरेका थिए।