रसुवा –रसुवागढी जलविद्युत आयोजनाको निर्माणाधीन सुरुङमा बिहीबार राति पहिरो जाँदा थुनिएका सबै १७ जना मजदुरको सकुशल उद्धार गरिएको छ ।
नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, मजदुर र स्थानीयले शुक्रबार विहान करिब ७ बजे उनीहरुको उद्धार गरेका हुन् ।
सुरुङ निर्माण स्थलमा पहिरो गएपछि ११ जना नेपाली र ६ जना चिनियाँ कामदार करिब एक सय मिटर भित्र थुनिएका थिए ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । यद्यपि सुरुङ निर्माण क्षेत्र गोसाईंकुण्ड गाउँपालिका–२ तातोपानीमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । त्यसैले अहिले आयोजनाको काम रोकिएको छ ।




प्रतिक्रिया