काठमाण्डु– गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)को सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् ।
खोटाङबाट उनको नाम आदिवासी जनजाति सूचीमा सिफारिस भएको छ । उनी चलचित्र निर्माता नवल खड्काकी श्रीमती हुन् ।
हाल उनी सांगीतिक कार्यक्रम र भेटघाटका लागि अमेरिकामा रहेकी छिन् ।
यस्तै प्रारम्भिक उम्मेदवारको नामावलीमा जेनजी अभियन्ता पुरुषोत्तम यादव पनि परेका छन्।
मधेस प्रदेशअन्तर्गतका उम्मेदवारको नाममा जेनजी अभियन्ता यादव पनि समेटिएका हुन्।
आज आफ्नो रिहाइका लागि रुपन्देही अदालत जाने क्रममा त्रिभुवन विमानस्थल पुगेका रास्वपा सभापति रवि लामिछानेसँग यादवले तस्बिर खिचाएका छन्।




प्रतिक्रिया