रास्वपाले भोलि काठमाण्डुमा राजनीतिक समायोजन घोषणा सभा गर्ने

रास्वपाले भोलि काठमाण्डुमा राजनीतिक समायोजन घोषणा सभा गर्ने


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्ने भएको छ।

समायोजन घोषणा सोमबार (भोलि) राष्ट्रिय सभा गृहमा गर्न लागेको हो।

सभामा नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वहरू, थरूहट थारूवानरअभियन्ताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको बृहत राजनीतिक समायोजन घोषणा सभा हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

आज मात्र नाउपा रूपन्देही जिल्ला अध्यक्षसहित ३३ जनाले पार्टी परित्याग गरेका छन् ।