रास्वपाले बुझायो समानुपातिक उम्मेदवारको अद्यावधिक सूची

रास्वपाले बुझायो समानुपातिक उम्मेदवारको अद्यावधिक सूची


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा चुनावका लागि समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरेको छ।

रास्वपाले आइतबार निर्वाचन आयोगमा अद्यावधिक सूची बुझाएको हो ।

प्रवक्ता मनीष झाका अनुसार आज बिहान उम्मेदवारको अद्यावधिक सूची निर्वाचन आयोगमा बुझाइएको हो।

यसअघि फिर्ता लिएकाहरुको ठाउँमा नयाँ नाम राख्न रास्वपाले अद्यावधिक सूची आयोगलाई बुझाएको हो।

आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि सूची सच्याउन आयोगले आजसम्मको समय दिएको थियो ।