रौतहटमा गाडीको ठक्करबाट बालिकाको मृत्युप्रति रास्वपाद्वारा दुःख व्यक्त

रौतहटमा गाडीको ठक्करबाट बालिकाको मृत्युप्रति रास्वपाद्वारा दुःख व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्युप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख प्रकट गरेको छ ।

शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै रास्वपाले घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको बताएको छ। पार्टीले एक विज्ञप्त जारी गर्दै घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न बताएको छ।

कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी नराख्ने जारी विज्ञप्तिमा उल्लेख छ। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी समेत पार्टीले दिएको छ।

चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन जारी गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।