प्रतिनिधि सभामा रास्वपाको संकल्प प्रस्ताव दर्ता, हत्यारालाई आममाफी दिने कार्य रोक्न माग


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हत्यारालाई आममाफी दिने कार्य रोक्न माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेको छ ।

राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण रोक्न माग गर्दै रास्वपाले मंगलबार संकल्प प्रस्ताव दर्ता गराएको हो ।

रास्वपा संसदीय दलका उपनेता डीपी अर्याल, निशा डाँगी र अशोककुमार चौधरीले संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

राजनीति स्वार्थ केन्द्रित सरकारको सिफारिस संवैधानिक बाध्यताका कारण कार्यान्वयन गर्दा राष्ट्रपतिजस्तो सम्माननीय संस्थाको बदनाम न्युनीकरणका लागि संकल्प प्रस्ताव ल्याउनुपरेको रास्वपाले जनाएको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट व्यक्ति हत्यामा संलग्नलाई आममाफी दिइएको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठकमा समेत विरोध जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement