काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा शनिबार र पोखरामा आइतबार आयोजना गर्न लागेको चुनावी सभा स्थगित गरेको छ ।
पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मातहतका संगठनलाई पत्राचार गर्दै सभा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।
संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा उल्लेख छ ।
प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो ।
गएराति दाङमा रास्वपा समर्थकहरुले एमालेको झण्डा जलाएको कारण रुपन्देहीको सभा स्थगित भएको हुन सक्ने आंकलन गरिएको छ ।




प्रतिक्रिया