काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पनि पार्टी छाडेका छन् ।
२०७९ को निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार रहेका बिष्टले साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा दिएका छन् ।
उक्त निर्वाचनमा उनले सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गरेका थिए ।
पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति गरेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।
संगठनमा समर्पित नेता कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीमा विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको बिष्टको भनाइ छ ।
यस्तो परिस्थितिमा मौन रहन नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको उनले पार्टीलाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।
बिष्ट रास्वपाबाट कैलाली–५ मा उम्मेदवार बन्न आकांक्षी थिए तर रास्वपाले आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएको छ । पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदउनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।




प्रतिक्रिया