एमालेकी निवर्तमान सांसद थपलिया रास्वपामा

एमालेकी निवर्तमान सांसद थपलिया रास्वपामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)की निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छन् ।

सिरहाको गोलबजारमा थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपामा भित्रिएका हुन् । उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए ।

थापा २०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् । लामो समय एमालेमा सक्रिय रहेकी थपलियाले केही समयअघि मात्रै एमाले सिरहा जिल्लामा परिवारवाद हाबी भएको र पुराना कार्यकर्ताको मूल्याङ्कन नभएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।