रास्वपाले खाता खोल्यो : रञ्जु, विराजभक्त र तोसिमाकाे जित, ३९ क्षेत्रमा अग्रता (सूची)

रास्वपाले खाता खोल्यो : रञ्जु, विराजभक्त र तोसिमाकाे जित, ३९ क्षेत्रमा अग्रता (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी सुरुवात गरेको छ । काठमाण्डुको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा रञ्जु दर्शनाले जित हात पारेकी हुन् ।

रञ्जुले १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याउदा राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।

यस्तै काठमाण्डु ८ बाट विराजभक्त श्रेष्ठको जित निश्चित भएको छ ।गन्न बाँकी मत भन्दा उनको अग्रता बढी छ ।

यस्तै, ललितपुर–३ बाट तोसिमा कार्की विजयी भएकी छिन् ।

जीत सुनिश्चित भएसँगै खुसीयाली साटासाट भइरहेको छ ।यस्तै देशभर रास्वपाले ४१ क्षेत्रमा अग्रता लिएको छ ।

सूची
काठमाण्डु–२: सुनिल केसी
काठमाण्डु–३: राजुनाथ पाण्डे
काठमाण्डु–४: पुकार बम
काठमाण्डु–५: सस्मित पोखरेल
काठमाण्डु–६: शिशिर खनाल
काठमाण्डु–७: गणेश पराजुली
काठमाण्डु–९: डीपी अर्याल
काठमाण्डु–१०: प्रदीप विष्ट
भक्तपुर–१: रुकेश रञ्जित
भक्तपुर–२: राजीव खत्री
ललितपुर–२: जगदीश खरेल
चितवन–२: रवि लामिछाने
झापा–५: बालेन्द्र शाह (बालेन)
झापा–२: इन्दिरा राना मगर
तनहुँ–१: स्वर्णिम वाग्ले
मोरङ–४: सन्तोष राजवंशी
मोरङ–१: यज्ञमणि न्यौपाने
मोरङ–५: आशा झा
मोरङ–३: गणेश कार्की
महोत्तरी–१: प्रमोदकुमार महतो
बाँके–१: सुरेशकुमार चौधरी
बाँके–३: खगेन्द्र सुनार
कास्की–१: खड्कराज पौडेल
कास्की–२: उत्तमप्रसाद पौडेल
कास्की–३: बिना गुरुङ
चितवन–३: सोविता गौतम
कञ्चनपुर–२: दिपकराज बोहरा
कञ्चनपुर–१: जनक सिंह धामी
कञ्चनपुर–३: ज्ञानेन्द्र सिंह महता
दाङ–१: देवराज पाठक
स्याङ्जा–१: धनञ्जय रेग्मी
रौतहट–४: गणेश पौडेल
रूपन्देही–२: सुलभ खरेल
रूपन्देही–३: डा. लेखजंग थापा
रूपन्देही–५: तौफिक अहमद खान
बारा–१: गणेश धिमाल
बर्दिया–२: श्रीधर पोख्रेल
धादिङ–१: आसिका तामाङ
पाल्पा–१: विमल पन्त