रास्वपाले कटायो १०० सिट

रास्वपाले कटायो १०० सिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १०० सिट कटाएको छ ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार रास्वपा १०६ क्षेत्रमा निर्वाचित भइसकेका छन् । १८ क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि छन् ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस १५ क्षेत्रमा विजयी भएको छ भने ३ क्षेत्रमा अगाडि छन् ।

यस्तै एमाले ७ क्षेत्रमा निर्वाचित भएका छन् । एमालेका उम्मेदवार ३ क्षेत्रमा अग्रस्थानमा छन् ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ६ क्षेत्रमा विजयी भएको छ , २ वटा क्षेत्रमा नेकपाका उम्मेदवार अगाडि छन् ।

श्रम संस्कृति पार्टीका उम्मेदवार एउटा क्षेत्रमा निर्वाचित भएका छन् । दुई क्षेत्रमा श्रम संस्कृति अगाडि छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि एउटा क्षेत्रमा विजयी भएको छ भने एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार पनि एउटा क्षेत्रमा अगाडि छन् ।