काठमाण्डु– यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगले मंगलबार बिहान ८ बजे उपलब्ध गराएको विवरणअनुसार, कुल १ करोड ३ लाख ४४ हजार ९५२ मतगणना हुँदा रास्वपाले ४९ लाख ६७ हजार ०४३ मत प्राप्त गरेको हो ।
यस्तै नेपाली कांग्रेसले १६ लाख ८४ हजार १७५, नेकपा (एमाले) ले १४ लाख २४७, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६१ हजार ६८०, श्रम संस्कृति पार्टीले ३ लाख ४९हजार १४०, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २३ हजार ५३५ मत प्राप्त गरेको छ।
समानुपातिक तर्फको मतगणना जारी छ । हालसम्म रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले थ्रेसहोल्ड कटाइसकेका छन् ।





प्रतिक्रिया