काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक शनिबार बस्दैछ ।
सभापति रवि लामिछाने अस्वस्थ भएका कारण बैठकको समय र स्थान अवस्था हेरेर तय गरिने छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ ।
प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ ५७ सिट पाएको रास्वपालाई निर्वाचन आयोगले तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न बिहीबार पत्राचार गरेको छ।
समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ । पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।




प्रतिक्रिया