काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ ।
स्वास्थ्य अवस्थाका कारण पार्टी सभापति रवि लामिछाने बैठकमा उपस्थित नभई भर्चुअल तरिकाबाट जोडिएका छन् ।
लामिछानेलाई मौसमी रुघाखोकी र ज्वरोको सङ्क्रमण परेपछि घरमै आराम गरिरहेका छन् ।
बैठकले समानुपातिकतर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने छ ।








प्रतिक्रिया