रास्वपा : समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस, सार्वजनिक नगर्ने

रास्वपा : समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस, सार्वजनिक नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ समानुपातिक सांसदका नाम सिफारिस गरेको छ ।

सिफारिस गरिएका नाम मध्ये ४८ महिला र ९ पुरुष छन् ।

पार्टीको सचिवालय बैठकले ५७ जनाको नाम समानुपातिकका लागि सिफारिस गरेको हो ।

रास्वपाको केन्द्रीय सचिवालयले ५७ जनामध्ये ४८ जना महिला र ९ जना पुरुषको नाम आयोगमा पठाइएको छ । खस आर्य १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेशी ९ जना, थारु ४ जना रहेका छन्।

बैठकले निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र सार्वजनिक हुने प्रवक्ता मनिष झाले जानकारी दिए। झाले सचिवालयले जिम्मेवारी दिएर कमर्चारी र सचिवालय सदस्यहरूबाट आइतबार नै तोकिएको समयभित्र नाम निर्वाचन आयोगमा पठाइने बताए ।

‘जब हामीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा हामीले नाम बुझाउँछौँ । उहाँहरूले रूजु गर्नुहुन्छ र प्रमाणीकरणको प्रक्रिया हुन्छ । त्यसपछि निर्वाचन आयोगले सो नामहरू सार्वजनिक गर्छ । राजनीतिक र कानुनी रूपमा आयोगले नामहरू प्रमाणित नगरेसम्म ती नाम हाम्रो तर्फबाट प्रस्तावित नाम मात्र हुनेछ’, उनले भने ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट हासिल गरेको छ ।

झाका अनुसार संसदीय दलको नेता चयनका लागि विधान परिवर्तन गर्न छलफल चलिरहेको छ ।