काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई विशेष प्रशिक्षण दिने भएको छ ।
पार्टीले नवनिर्वाचित सांसद्हरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको हो।
चैत ३ र ४ गते काठमाण्डुमा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीको नीतिबारे प्रशिक्षित दिइने रास्वपाले जनाएको छ ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नवनिर्वाचित सांसदहरूलाई जिम्मेवारी र संसदीय भूमिकाका विषयमा स्पष्ट पार्न यो प्रशिक्षण कार्यक्रम तय गरिएको हो। पार्टीले सबै नवनिर्वाचित सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेभित्र काठमाण्डु उपत्यकाको तोकिएको स्थानमा उपस्थित हुन निर्देशन दिएको उनले बताए ।




प्रतिक्रिया