काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुसी सेनामा भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाएर नेपाल फर्काउनका लागि कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएको छ ।
रास्वपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरीको टोलीले शुक्रबार परराष्ट्रमन्त्री साउदलाई भेटेर ध्यानाकर्षण गराएको छ ।
रास्वपा सांसदहरूको टोलीले प्यालेस्टाइनी विद्रोही समूह (हमास) को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल मुक्तिका लागि सम्भव भएसम्मका सबै कूटनीतिक पहल गर्न पनि परराष्ट्रमन्त्री साउदको ध्यानाकर्षण गराएको छ ।
रुसी सेनामा भर्ना भएका नेपालीको ज्यान गुमिरहँदा रास्वपाले परराष्ट्रमन्त्री साउदको ध्यानाकर्षण गराएको छ ।




प्रतिक्रिया