काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई संसदिय दलको नेता बनाएको छ ।
बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदिय दलको बैठकले शाहलाई संसदिय दलको नेता घोषणा गरेको हो ।
बैठकमा सभापति रवि लामिछानेले शाहलाई दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत पारित गरिएको हो ।
याे सँगै बालेनलाइ प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी छ । पार्टीले बालेनलाई संसदीय दलको नेता चयन गरिएको जानकारी आजै राष्ट्रपति कार्यालयलाई दिनेछ ।




प्रतिक्रिया