काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको हाे ।
सभापति रवि लामिछानेको प्रस्तावमा महामन्त्रीमा शाह, सचिवालयमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई अनुमोदन गरिएको थियाे ।
यस्तै बैठकले केन्द्रीय सल्लाहकारमा ४ जना र केन्द्रीय नेतृत्व परिषदमा ६ जना सदस्य थपेको छ ।
केन्द्रीय सल्लाहकार परिषदमा मनोनीत नँया सदस्यहरू
जीवन प्रभा लामा, काभ्रे
मोती प्रसाद पंगाली, नवलपरासी पुर्व
हरिप्रसाद पाण्डे, भक्तपुर
बिष्णुहरी शर्मा, कपिलवस्तु
केन्द्रीय नेतृत्व परिषदमा मनोनीत नँया सदस्यहरू
तुलसी प्रसाद चौधरी, सप्तरी
राम सिह थारू, बर्दिया
जीवन धामी, मोरंग
प्रेमा चौधरी, कैलाली
नवराज राना, कञ्चनपुर
एकराज चौधरी, दाङ




प्रतिक्रिया