काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सचिवालय विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले ३ सदस्य थप गर्दै १६ सदस्यीय समिति बनाएको हो ।
महामन्त्रीमा भूपदेव शाह र सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । यसअघि रास्वपा सचिवालयमा १४ जना सदस्य थिए ।
यी हुन् सचिवालय सदस्य :
रवि लामिछाने-सभापति
स्वर्णिम वाग्ले-उपसभापति
कविन्द्र बुर्लाकोटी-महामन्त्री
भूपदेव साह-महामन्त्री
विपिन आचार्य-सहमहामन्त्री
लिमा अधिकारी-कोषाध्यक्ष
वसु माया तामाङ-सहकोषाध्यक्ष्य
मनिष झा-प्रवक्ता
गणेश पराजुली-सचिवालय सदस्य
दीपक बोहरा-सचिवालय सदस्य
बिराज भक्त श्रेष्ठ-सचिवालय सदस्य
शिशिर खनाल-सचिवालय सदस्य
सोभिता गौतम-सचिवालय सदस्य
हरि ढकाल-सचिवालय सदस्य
सागर ढकाल- सचिवालय सदस्य
सरिता श्री ज्ञवाली-सचिवालय सदस्य




प्रतिक्रिया