रास्वपाको कोशी र बागमतीका जिल्लामा को-को भए सभापति ?

रास्वपाको कोशी र बागमतीका जिल्लामा को-को भए सभापति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभिन्न जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन जारी छ ।

रास्वपाका अनुसार आइतबार २७ जिल्लामा जिल्ला अधिवेशन भइरहेको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । यस्तै बागमती प्रदेशका १३ जिल्लामध्ये पनि ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

कोशीको खोटाङ र ईलाममा अधिवेशन आइतबार भइरहेको छ । कोशीको सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजन कुमार गुरुङ र मोरङमा भरत कडेल जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै तेह्रथुममा सुमन खत्री, भोजपूरमा ख्याम बहादुर भुजेल, सुनसरीमा सागर दाहाल, संखुवासभामा भक्त नारायण श्रेष्ठ र ओखलढुंगा कृष्णबहादुर थापा निर्वाचित भएका छन् ।

यसैगरी बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

चितवन, रसुवा र ललितपुरमा आइतबार अधिवेशन हुँदै छ । सिन्धुपाल्चोकमा भने शनिबार सुरु भएको अधिवेशन आन्तरिक विवादले स्थगित भएको छ ।

बागमतिको काठमाण्डु सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । यस्तै भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत। रामेछापमा रमेश रायमाझी र दोलखामा दिनेश बस्नेत विजयी भएका छन् ।

नुवाकोट, धादिङ र मकवानपुरको सभापतिमा क्रमशः रामेश्वर गजुरेल, राजन अर्याल र सन्जिव पाठक विजयी भएका छन् ।