काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको हो ।
निर्वाचन आयोगले मतपत्रमा त्रुटि देखिएको भन्दै निर्वाचन प्रक्रिया रोकेको हो । करिब चार सय जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न प्रक्रिया रोकिएको केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीले बताएका छन् ।
स्थगित भएको अधिवेशन अगाडि बढाइ बाँकी रहेको निर्वाचन प्रक्रियाको नयाँ मिति र त्यससम्बन्धी थप विवरण मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै आधिकारिक सूचनामार्फत सबैलाई जानकारी गराइने केसीले बताए ।
अधिवेशनमा प्रदेशको नेतृत्वको लागि निवर्तमान सभापति अचुतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्यले उम्मेदवारी दिएका थिए ।




प्रतिक्रिया